सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्याब्सन मेयर, उप–मेयर क्रिकेट कपः एरिष्टो र शारदालाई उपाधि

२०७७ चैत्र १२, ०८:४८ खबर संवाददाता

धनगढीः धनगढीमा सम्पन्न प्याब्सन मेयर, उप–मेयर छात्र, छात्रा क्रिकेट कप प्रतियोगिताको उपाधि छात्रातर्फ एरिष्टो इङलिस बोर्डिङ स्कूल तथा छात्रतर्फ शारदा विद्या निकेतनले हात पारेका छन्।

जितसंगै दुवै टोलीले समान १ लाख १ हजार १ सय ११ नगदसहित ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

उप विजेतामा चित्त बुझाएको छात्रतर्फ अपि विद्या निकेतन र छात्रतर्फ विद्या भुषणले समान ५१ हजार १ सय ११ नगदसँगै उप–विजेताको ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन्।

बिहिबार सम्पन्न छात्रातर्फको खेलमा अपि विद्या निकेतनलाई ३ विकेटले पराजित गर्दै एरिष्टोले उपाधि हात पारेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको अपि विद्या निकेतनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५३ रन मात्रै बनाउन सकेको थियो। ५४ रनको लक्ष्य पच्छ्याएको एरिष्टोले २० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर ५४ जोड्दै जित निकालेको हो।

बिहिबार नै सम्पन्न छात्रतर्फको खेलमा विद्या भुषण पब्लिक स्कूललाई ९ विकेटले पराजित गर्दै शारदा विद्या निकेतनले उपाधी हात पारेको छ। टस जितेर पहिला ब्याटिङ गरेको विद्या भुषणले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७२ रन जोडेको थियो। १ सय ७३ रनको लक्ष्य पच्छ्याएको शारदा विद्या निकेतनले १३ ओभरमै १ विकेटको क्षतीमा जित हात पारेको हो। सो खेलका म्यान अफद म्याच दिनेश वड भए।

प्रतियोगितामा छात्रातर्फ उत्कृष्ठ खेलाडी एरिष्टोकी हिशीला खड्का तथा छात्रतर्फ शारदाका दिनेश वड भए। यसैगरी उदयमान खेलाडीमा छात्रातर्फ हिमाल एकेडेमीकी निलम पाण्डे हुँदा छात्रतर्फ विद्या भुषणका बिरेन्द्र बम भए। यसै गरी उत्कृष्ठ फिल्डरमा छात्रातर्फ एरिष्टोकी आस्मिता खाती तथा छात्रतर्फ त्रिनगर माविका खडक नगरकोटी भए।

प्रतियोगितामा एरिष्टोकी आस्मा सिंहले उत्कृष्ट ब्याट्सवुमनको उपाधि प्राप्त गरिन् भने छात्रतर्फ शारदाका दिनेश वडले उत्कृष्ट ब्याट्सम्यानको उपाधि प्राप्त गरे। 

यसैगरी उत्कृष्ठ बलरमा छात्रातर्फ एरिष्टोकी हिशीला खड्का तथा छात्रतर्फ शारदाका गोविन्द विष्ट भए।

प्रतियोगिताका म्यान अफ दी सिरिजको उपाधि छात्रातर्फ अपि विद्या निकेतनकी अस्मिता धामी तथा छात्रतर्फ विद्या भुषणका सुरेन्द्र सिंह ऐरीले प्राप्त गरे।
 

कमेन्ट लोड गर्नुस