डोटीका एक किशोर तीन दिनदेखि सम्पर्कविहीन
धनगढी: डोटीका एक किशोर तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
डोटीको दिपायल सिलगढी नगरपालिकाको राजपुर बस्दै आएका १७ वर्षीय किशोर भीष्मराज भट्ट गत सोमबारबाट सम्पर्कविहीन भएका उनका दाजु गणेश भट्टले बताएका छन् ।
केआइसिंह गाउँपालिका -६ फलेडी घर भएका उनी राजपुर बस्दै आएका र सोमबार विहान ८ बजेबाट सम्पर्कविहीन भएका दाजु गणेशले बताए ।
उनलाई कसैले देखे, फेला पारेमा नजिकको प्रहरी चौकी वा सम्पर्क नम्बर ९८४८४७६४२६ र ९८४८५४९०८० मा सम्पर्क गरी सहयोग गरिदिन अनुरोध गरिएको छ ।