अछाममा चालु आर्थिक वर्षको फागुनसम्ममा ८१ जना क्षयरोगका बिरामी
धनगढी: अछाममा चालु आर्थिक वर्षको फागुनसम्ममा ८१ जना क्षयरोगका बिरामी रहेका पाइएको छ ।
विश्व क्षयरोग दिवसका अवसरमा सार्वजनिक तथ्यांक अनुसार यस आर्थिक वर्षको फागुनसम्ममा सो संख्यामा क्षयरोगका बिरामी रहेको पाइएको होे ।
जसअन्तर्गत साँफेबगर नगरपालिकामा १८, मेल्लेख गाँउपालिकामा र मंगलसेन नगरपालिकामा ११/११ जना, रामारोशन गाँउपालिकामा ९, ढकारी गाँउपालिकामा ८ जना रहेका छन् ।
त्यस्तै पञ्चदेवल विनायक नगरपालिकामा र चौरपाटी गाँउपालिकामा ७/७ जना, बान्नीगढी जयगढ गाँउपालिकामा ६ जना, कमलबजार नगरपालिकामा ३ जना र तुर्माखाँद गाँउपालिकामा १ जना क्षयरोगी फेला परेका छन् ।