कञ्चनपुरको बेलौरीमा आयोजित दोस्रो मेयर कपमा विज्डम ए विजयी
धनगढी: कञ्चनपुरको बेलौरीमा आयोजित दोस्रो मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा विज्डम एकेडेमी ए विजयी भएको छ ।
सोमबार भएको अन्तिम खेलमा नवोदय युवा क्लबलाई पराजित गर्दै विज्डम एकेडेमी ए को टिम विजयी भएको हो । विजयी टिमले नगद १ लाख ११ हजार १ सय ११ रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगितामा नवोदय युवा क्लब द्वितीय र बैद्यनाथ बाहिनी एपीएफ तृतीय भएको छ । द्वितीय टिमले नगद ५१ हजार १ सय ११ रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तृतीय टीमले १५ हजार १ सय ११ रूपैयाँका साथै ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउनुपर्यो ।
यही चैत्र ६ गतेबाट सुरु भएको सो प्रतियोगितामा जम्मा १२ ओटा टिमको सहभागिता रहेको थियो ।