धनगढीमा भोलिदेखि मेयर, उपमेयर कप फुटबल प्रतियोगिता
धनगढी: धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिले आयोजना गर्ने मेयर, उपमेयर कप पुरुष तथा महिला वडा स्तरीय फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ।
सोमबार पत्रकार सम्मेलनमार्फत नगर खेलकुद समितिले प्रतियोगिताका बारेमा जानकारी दिएको हो। भोल चैत १० गते दिउँसो प्रतियोगिताको उद्घाटन गरिने नगर खेलकुद समितिका संयोजक दिपक कुमार थापा क्षेत्रीले बताए। फुटबल प्रतियोगिताको व्यवस्थापन न्यू बुद्ध स्पोर्ट यूवा क्लबले गर्ने उनले बताए।
प्रतियोगितामा प्रथम महिला÷पुरुष टिमलाई १ लाख १० हजार नगद पुरस्कारका साथै मेडल ट्रफि र प्रमाणपत्र, द्धितिय हुने टिमलाई ५१ हजार नगद मेडल ट्रफि र प्रमाणपत्र पाउने बताइएको छ।
त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद मेडल ट्रफि र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफि र प्रमाणपत्र, उत्कृष्ट डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफि र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि ५ हजार ५ सय नगद मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने संयोजक थापाले बताए।