सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा पुगेका प्रमुख प्रशासकिय अधिकृत काेइरालाको आएकै दिन सरुवा

२०७७ चैत्र ९, ०१:३५ खबर संवाददाता

बाजुराः बाजुराको बडीमालिका नगरपालिकामा हाजिर हुन आएका प्रमुख प्रशासकिय अधिकृत धुर्वप्रसाद कोइरालाको रातारात सरुवा भएको छ। 

आइतबार राति सदरमुकाम पुगेका कोइराला मन्त्रालयबाट बडीमालिका नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका लागि सिफारीस भएर आएका भएपनि उनी हाजिर लगाउन नपाउदै सरुवा भएका छन्।

उनलाई मन्त्रालयले पठाएको पत्र अनुसार बाजुराको त्रिवणी नगरपालिकामा जाने निर्णयसहित पत्रार गरिएको श्रोतले जनाएको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रुपनारायण खतिवडाद्वारा हस्ताक्षरित पत्रमा २०७७ चैत्र ८ गतेको निर्णय अनुसार कोइरालालाई बाजुराको त्रिवेणी नगरपालिकामा खटाएको व्यहोरा उल्लेख गरिएको छ।

यता बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवलले यो कुनै राजनीतीक रुपमा भएको षडयन्त्र भएको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस