सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको जोगबुढामा चैत १० गतेबाट मेयर कप भलिवल प्रतियोगिता

२०७७ चैत्र ८, ०४:३० खबर संवाददाता

धनगढी: डडेल्धुराको जोगबुढामा चैत १० गतेबाट मेयर कप खुला भलिवल प्रतियोगिता हुने भएको छ ।

परशुराम नगरपालिकाको आयोजनामा भलिवल प्रतियोगिता हुने भएको हो । विजेता टिमले एक लाख रुपैयाँ, उपविजेताले ५० हजार र तृतीय हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउने नगरपालिकाले जनाएको छ ।

त्यस्तै सोही दिनबाट नै नगरस्तरीय महिला भलिवल प्रतियोगिता पनि हुने बताइएको छ । महिला भलिवल प्रतियोगिताका विजेताले २५ हजार, उपविजेताले २० हजार र तृतीय टिमले १५ हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।
 

कमेन्ट लोड गर्नुस