बैतडीको पाटनमा २४ गतेबाट राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता
धनगढी: बैतडीको पाटन नगरपालिकामा २४ गतेबाट राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ ।
नगरपालिकाको वडा नम्बर ६ स्थित कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा यही चैत्र २४ गतेबाट सो प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा माध्यामिक तहका १८ वर्षभन्दा कम उमेरका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने बताइएको छ ।
२४ गते देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा दुबैतर्फ बिभिन्न खेलका विधा (एथ्लेटिक्स र भलिबल) समावेश गरिने जनाइएको छ ।