दार्चुलाका आठ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप
धनगढी: दार्चुलामा हालसम्म आठ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
गत फागुन २३ गतेदेखि चैत ५गते (हिजो) सम्म ८ हजार ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् । दोश्रो चरणमा ६५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई खोप लगाइएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार शैल्यशिखर नगरपालिकाका १ हजार ३ सय ९०, महाकाली नगरपालिकाका १ हजार २७०, मालिकार्जुन गाउँपालिकाका १ हजार ८६, मार्मा गाउँपालिकाका ९९० जनाले खोप लगाएका छन् ।
त्यसैगरी नौगाड गाउँपालिकाका ९ सय ७०, लेकम गाउँपालिकाका ९४८, दुहुँ गाउँपालिकाका ७५७, व्यास गाउँपालिकाका ७ सय र अपिहिमाल गाउँपालिकाका ४४० जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।