सेती अस्पतालमा कुरुवा बसेका एक पुरुषको मृत्यु
धनगढी: कैलालीको सेती प्रादेशिक अस्पतालमा कुरुवा बसेका एक पुरुषको मृत्यु भएको छ।
अस्पतालमा श्रीमतीको उपचार गराउन आएका दार्चुलाको लेकम गाउँपालिका–२ का ४८ वर्षीय भानदेव भट्टको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
खाजा खान भनी निस्किएका उनी अस्पतालबाहिर बेहोश भएर ढलेको र उपचारका लागि अस्पताल लग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
अहिले उनको शव अस्पतालमै राखिएको प्रहरीले बताएको छ।