सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका स्थानीय तहमा बाख्रामोडल फर्मको स्थापना गरिने

। फोटो स्रोत ।
२०७७ चैत्र ६, ०३:२४ खबर संवाददाता

धनगढी: दार्चुलाका स्थानीय तहमा बाख्रामोडल फर्मको स्थापना गर्न लागिएको छ ।

जिल्लाका नौ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहमा बाख्रामोडल फर्म स्थापना गर्न लागिएको हो । जसमा मालिकार्जुन, लेकम, दुहुँ गाउँपालिका, शैल्यशिखर र महाकाली नगरपालिकामा रहेका छन् ।

पशु विकास कार्यक्रम अन्तरर्गत बाख्रा पालनलाई थप सुधार्दै उत्पादनमा वृद्धि र पशु प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले बाख्रामोडल फर्म स्थापना गर्न लागिएको जनाइएको छ ।

जसका लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले चालु आर्थिक वर्षमा झण्डै ३० लाख रुपैँया बजेट विनियोजन गरेको बताइएको छ ।


 

कमेन्ट लोड गर्नुस