सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दशैँ मेला लाग्ने

२०७५ असोज ९, ०७:१७

धनगढीमा यो बर्षपनि दशैं मेला लाग्ने भएको छ। दशैंतिहारलाई लक्षित गरी पार्कचौकदेखि सेती अञ्चल अस्पतालसम्म क्षेत्रमा दशैँ मेला लाग्ने आयोजक धनगढी मेनरोड बजार व्यवस्थापन समितीले जनाएको छ। धनगढी क्षेत्रको पर्यटन, उद्योग, व्यापारको विकास तथा संस्कृतीको प्रवद्र्धनका लागि मेला आयोजना हुन लागेको आयोजक समितीका संयोजक चन्द्रकान्त पनेरुले बताए। दशै मेला किन आयोजना गर्न लागिएको हो भन्ने विषयमा दिनेश खबरले आयोजक समितीका संयोजक पनेरुसंग कुराकानी गरेको छ।

दशै मेला आयोजना गर्ने सोच कसरी आयो ? 
धनगढीका अधिकासं बजारहरु राती ८ बजेदेखि नै बन्द हुने गरेका छन्। दशैका बेला पनि साझको बेला बजार सुनसान हुन लाग्यो। दशैको बेला चहलपहल बढाउनका लागि र व्यापार व्यवसाय प्रवद्धन हुन्छ की भन्ने आशाले गत बर्षदेखि दशै मेला लगाउन सुरु गरेका हौ।

धनगढीमा दशै मेला किन गरिरहनुभएको हो ? 
धनगढी क्षेत्रको पर्यटन, उद्योग, व्यापारको विकास तथा संस्कृतीको प्रवद्र्धनका लागि मेला आयोजना गर्न लागेका हौ। दशैं मेलाकोे आयोजनावाट यस क्षेत्रको आर्थिक एवं सामाजिक विकासमा सकारात्म प्रभाव र धनगढीको विकासका सम्भावना तथा अवसरहरुलार्ई राष्ट्रिय रुपमा पहिचान गराउन समेत सफल हुने हाम्रो विश्वास छ। मेलाले स्थानिय एवं राष्ट्रिय स्तरमा उत्पादित दैनिक उपभोग्य एवंम् औद्योगिक वस्तुहरुको विकास र प्रवद्र्धनमा सहयोग पुगाउने छ। लगानीका अवसर सृजना गर्ने छ, धनगढीको कला, स“स्कृति र साहित्यको जगेर्नामा टेवा पुगाउने छ। शिक्षा, स्वास्थ्य तथा विकास निर्माणका क्षेत्रमा भएका गतिविधि वारे जानकारी पनि हुने छ। 
मेला कहिलेबाट आयोजना हुन लागेको हो ? 
गत बर्षपनि घटस्थापनादेखि नवमीसम्म मेलाको आयोजना गरिएको थियो। यसपाली पनि असोज २४ देखि कार्तिक १ गते सम्म दशैं मेला आयोजना हुने छ। 
मेला राती ७ बजेदेखि सुरु हुने छ ? लक्षित अवलोकनकर्ताहरु को को हुन ? 
दशैं मेला—२०७५ मा करिव १ लाख अवलोकन कर्ताहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । अधिराज्य भरिका आम उपभोक्ताहरु, उद्योगी व्यवसायीहरु, बित्तिय संघ संस्थाहरु, स्कुल क्याम्पस तथा विश्व विद्यालयका विद्यार्थीहरु तथा सोधकर्ताहरु, सरकारी गैरसरकारी संघ संस्थाहरु, अनुसन्धानकर्ताहरुर छिमेकी मुलुकका उद्योगी व्यवसायीहरु तथा उपभोक्ताहरु पनि मेलालाई अवलोकन गर्न आउने विश्वास लिएका हौ।
दशैं मेलाका आकर्षण के हुन ? 
स्थानिय एवं राष्ट्रिय सेवाहरुको ब्यापार मेला हुने छ। दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद बिक्री, गुणस्तरीय लुगा कपडाहरु तथा सामानहरु प्रदर्शनी तथा खरिद बिक्री, क्षेत्रिय लोक सांस्कृmतिक प्रदर्शनी, राष्ट्रिय कलाकारहरुको सांगितिक एवं हास्य व्य¨ प्रस्तुति, विद्यालय स्तरिय नृत्य प्रतियोगिता, क्षेत्रिय डेउडा प्रतियोगिता , सा“स्कृतिक गायन प्रदर्शनी मेलाका आकर्षण हुन्।

कमेन्ट लोड गर्नुस