सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघमार्फत आगलागीबाट ध्वस्त आलोक मल्टि ट्रेडलाई ११ लाख बढी सहयोग

२०७७ चैत्र ६, ०२:०३ खबर संवाददाता

धनगढीः आगलागीबाट धोस्त भएको धनगढीको आलोक मल्टि टे«ड कन्सर्न प्रालिलाई ११ लाख बढी आर्थिक सहयोग गरिएको छ। 

कैलाली उद्योग वाणिज्य संघले चलाएको सहयोग अभियान अन्तरगत जम्मा भएको ११ लाख ६८ हजार ७ सय ५५ रुपैयाँ  आलोक मल्टि ट्रेड कन्सर्न प्रालिलाई शुक्रबार विहान हस्तान्तरण गरिएको हो।

भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनको तयारी गरेको आलोक मल्टी ट्रेड कन्सर्नमा फागुन २३ गते आगलागी भएको थियो।

आगलागी भएर झण्डै ८ करोडको क्षति भएको थियो। ठूलो क्षति भएकाले पुनः उद्योग सञ्चालनका लागि सहयोग होस भनेर अभियान सञ्चालन गरिएको कैलाली उद्य्रोग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।
 

कमेन्ट लोड गर्नुस