डडेल्धुरामा मोटरसाईकल र्दुघटना, १ जनाको मृत्यु
२०७७ चैत्र ६, ०१:५७
धनगढीः डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
जिल्लाको परशुराम नगरपालिका–१२ स्थित जोगबुडा–पन्तुरा सडक खण्डमा से ७ प ८४२१ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सोही ठाउँका २० वर्षीय सन्तोश बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ।
कमेन्ट लोड गर्नुस