दार्चुलामा मतदाता नामावली सङ्कलन सुरु
धनगढी: दार्चुलामा मतदाता नामावली सङ्कलन सुरु गरिएको छ ।
सरकारले संसद विघटन गरी निर्वाचन घोषणा गरेपछि स्थगित मतदाता नामावली सङ्कलन दार्चुलामा बिहीबारदेखि पुन: सुरु गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाले यही चैत ५ गतेबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने बताएको हो ।
कार्यालयका अनुसार गत पुस ५ गतेसम्म दार्चुलामा ४२ हजार २सय ७६ पुरुष र ४० हजार ९सय १८ जना महिला गरी ८३ हजार १सय ९४ जना मतदाता रहेका छन् भने १ सय १० मतदानस्थल रहेका छन् ।