‘स्वीट क्लब’ डडेल्धुराद्वारा आलोक मल्टी कन्सर्नलाई ५० हजार सहयोग
धनगढीः धनगढी उप–महानगरपालिका–४ चटकपुरस्थित रहेको आलोक मल्टी कन्सर्न उद्योगमा आगलागी भएपछि आर्थिक सहयोग अभियान थालिएको छ। सोही अभियान अन्तरगत आगलागीबाट क्षति भएको फर्निचर उद्योगलाई सामाजिक एकता क्लब(स्वीट)ले आर्थिक सहयोग गरेको छ।
बिहिबार सामाजिक एकता क्लब डडेल्धुराले फर्निचर उद्योगका सञ्चालक भोजराज भट्टलाई ५० हजारको चेक हस्तान्तरण गरेको हो।
उद्योगमा आगलागी पश्चात केही हदसम्म सहयोग होस् भन्ने हेतुले आर्थिक सहयोग गरेको क्लबका उपाध्यक्ष बाबुराम श्रेष्ठले बताए।
उद्घाटनको तयारीमा रहेको भोजराज भट्ट र पदम भण्डारीको आलोक मल्टी ट्रेड कन्सर्न उद्योगमा फागुन २३ गते एक्कासी आगलागी भएको थियो। आगलागी भएर पौने ५ करोड बढी क्षति भएको बताइएको छ।
आगलागीबाट पूर्णरुपमा ध्वस्त भएको आलोक कन्सर्न प्रालीलाई जनस्तरबाटै आर्थिक सहयोग गर्न अभियानहरु थालिएका छन्।