५५ वर्ष माथिकालाई कोरोना भ्याक्सिन लगाउने कार्यक्रम स्थगित
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५५ वर्ष माथिकालाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम केही दिनका लागि स्थगित गरेको छ।
सरकारको निर्धारित कार्यक्रम अनुसार बुधबारदेखि ५५ वर्ष उमेर समूह माथिकालाई खोप लगाउने योजना थियो। तर ५५ वर्षदेखि माथिकालाई पहिले वा दीर्घ रोगीलाई लगाउने भन्नेबारे छलफल भइरहेका कारण अहिलेलाई उक्त अभियान स्थगित भएको स्वास्थ्य सेवा विभागका प्रमुख दीपेन्द्ररमण सिंहले बताए।
उनका अनुसार निर्णय भएपछि खोप अभियान सुचारू हुनेछ।