सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा १२ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

२०७७ चैत्र ४, १२:२१ खबर संवाददाता

बैतडी: बैतडीमा कोरोना भाइरस विरुद्धको दोश्रो चरणको खोप अभियान अन्तर्गत १२ हजार ७८३ जनाले खोप लगाएका छन्। 

जिल्लाका ८६ ओटा खोप केन्द्रमार्फत फागुन २३ गतेदेखि चैत ३ गतेसम्म नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको हो।

नेपाल सरकारको निर्णय अनुसार दोश्रो चरणमा ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। 

दोश्रो चरणमा २१ हजार ६४९ जनालाई खोप लगाउने लक्ष्य रहेको भएपनि ५९ प्रतिशतले मात्रै खोप लगाएका छन्।

कमेन्ट लोड गर्नुस