सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा चेम्बर अफ कर्मशद्वारा आलोक मल्टी कन्सर्नलाई आर्थिक सहयोग

२०७७ चैत्र ३, १२:२७ खबर संवाददाता

डडेल्धुराः धनगढी उप–महानगरपालिका–४ चटकपुरस्थित रहेको आलोक मल्टी कन्सर्न उद्योगमा आगलागी भएपछि आर्थिक सहयोग गरिएको छ।  आगलागीबाट क्षति भएको आलोक मल्टी कन्सर्न प्रालिलाई डडेल्धुरा चेम्बर अफ कर्मशले आर्थिक सहयोग गरेको हो।

मंगलबार चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र पनेरु र उपाध्यक्ष गणेश विष्टले फर्निचर उद्योगका सञ्चालक भोजराज भट्टकी पत्नीलाई २२ हजार २ सय २२ को चेक हस्तान्तरण गरेका छन्। 

उद्योगमा आगलागी पश्चात केही हदसम्म सहयोग होस् भन्ने हेतुले आर्थिक सहयोग गरेको अध्यक्ष पनेरुले बताए। उनले युवा व्यवसायी भोजराज भट्ट र पदम भण्डारीलाई अरूले पनि सक्दो सहयोग गर्नुपर्ने बताएका छन्। 

उद्घाटनको तयारीमा रहेको भोजराज भट्ट र पदम भण्डारीको आलोक मल्टी ट्रेड कन्सर्न उद्योगमा फागुन २३ गते एक्कासी आगलागी भएको थियो। आगलागी भएर पौने ५ करोड बढी क्षति भएको बताइएको छ। 

आगलागीबाट पूर्णरुपमा ध्वस्त भएको आलोक कन्सर्न प्रालीलाई जनस्तरबाटै आर्थिक सहयोग गर्न अभियानहरु थालिएका छन्। 
 

कमेन्ट लोड गर्नुस