सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनुमति नलिइ भुक्तानी सेवा प्रदायकको काम गर्नेलाई कारवाही

२०७७ चैत्र ३, ०७:०७ खबर संवाददाता

काठमाडौँः नेपाल राष्ट्र बैंकले अनुमति नै नलिइकन भुक्तानी सेवा प्रदायकका रुपमा कारोवार नगर्न नगराउन निर्देशन दिएको छ। 

त्यस्ता सेवा प्रदायकलाई कानूनी दायरामा ल्याउनेसमेत केन्द्रीय बैंकले जनाएको छ। 

केही सेवा प्रदायकले अनुमति नै नलिइकन कारोवार गरेको पाइएपछि राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी अवैध काम नगर्न तथा नगराउन आग्रह गरेको हो। केन्द्रीय बैंकको सूचनामा भनिएको छ, “यस बैंकबाट अनुमतिपत्र नलिइ भुक्तानीसम्बन्धी कार्य गर्नु गराउनु गैरकानूनी र दण्डनीय हुने भएकाले अनुमतिप्राप्त संस्थामार्फत मात्र विद्युतीय भुक्तानीसम्बन्धी कार्य गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।”

अनुमति नै नलिइ अनलाइन पेमेन्ट प्लेटफर्म सञ्चालन गर्ने तथा टप अप सेवा, अनलाइन पेमेन्टलगायतका भुक्तानीसम्बन्धी कारोवार गरिरहेको भन्ने सूचनाका आधारमा उक्त सूचना जारी गरिएको भुक्तानी प्रणाली विभागले जनाएको छ। केन्द्रीय बैंकले हालसम्म १० कम्पनीलाई भुक्तानी प्रणाली सञ्चालन र २३ कम्पनीलाई भुक्तानी सेवा प्रदायकको अनमुति दिएको छ। 
 

कमेन्ट लोड गर्नुस