सुदूर नेपाललाई विश्वसँग जोड्दै

तलकोट गाउँपालिका १ मा सेतीको पानी तानेर तरकारी खेती

२०७७ चैत्र २, ०९:०४ खबर संवाददाता

बझाङः बझाङको तलकोट गाउँपालिका १ भाँटगाउँमा जेनेरेटरबाट पानी तानेर तरकारी खेती गर्न पाएपछि कृर्षक खुसी भएका छन्।

भाँडसैनका स्थानीयबासी जेनेरेटरबाट पानी तान्ने प्रविधि प्रयोग गर्न पाएपछि तरकारी खेतीमा हौसिएका हुन्। पानीको अभावमा वर्षौदेखि बाँझो र सुख्खा रहेका जमिनमा अहिले तरकारी र फलफुलका बोटविरुवाहरु लगाइएका छन्।

कृर्षि ज्ञानकेन्द्र बझाङले पानी तान्ने जेनेरेटरको चाँजो मिलाइदिएपछि गाउँलेले तरकारी खेतीका लागि सहजरुपमा पानी पाएका छन्। 

कृर्षि ज्ञान केन्द्र बझाङले भाँडसैनमा सिंचाइ तथा पानीको अभावमा गहुँवाली सुकेको थाहा पाएपछी जेनेरेटरको माध्यामबाट सेती नदीको पानी तानेर सिंचाइ गर्ने वातावरण मिलाएको हो। 

गाउँपालिकाले धार्मीक एवंम पर्यटकियस्थल तपोवनसम्म जानको लागी सडक कटान गरेपछी भत्किएको नहर करिब ३ वर्षसम्म कसैले बनाउन तथा पुनर्निमाणमा चासो नदिँदा गाउँको करिब २८ हेक्टर क्षेत्रफल रहेको खेतियोग्य जमिनमा वर्ष भरी एउटै खेतिमात्र लगाउने गरेको भुमिदेव कृर्षि समुहका अध्यक्ष धनलक्ष्मी कुँवरले बताए। 

भाँडगाउँबासीहरुलाई कृर्षि ज्ञान केन्द्रबाट २० हजार फलफुल तथा तरकारीका बोटविरुवा निःशुल्क उपलब्ध गराएको र अझै आवश्यकताअनुसार विरुवाहरु दिइने कृर्षि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर बिष्टले बताए। सिंचाइ गर्नको लागि रिजर्व ट्याङ्की, ३ ठाउँमा हजार लिटरको ड्रम र २५ ओटा बोटविरुवामा पानी हाल्नको लागी सहज होस् भन्ने उद्येश्यले हजारीसमेत दिइने बिष्टले बताए। 

तरकारी तथा फलफुल उत्पादन गरिसकेपछी एउटा संकलन केन्द्र स्थापना गरिदिने साथै तरकारी खेति र फलफुल खेतिबाट स्वास्थ्य अवस्थामा, जीविकोपार्जन तथा आर्थिक र पोषणमा पनी सुधार हुने उनको भनाई छ। 
 

कमेन्ट लोड गर्नुस