सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कृषकहरुलाई ३ महिने बेमौसमी तरकारी खेती तालिम

२०७७ चैत्र १, ०३:१८ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा कृषकहरुलाई ३ महिने बेमौसमी तरकारी खेती तालिम दिइने भएको छ । 

युरोपियन यूनियनको आर्थिक सहयोग र ब्रिटिस काउन्सिलको व्यवस्थापनमा राष्ट्रिय वातारण तथा सम विकास समाज निड्स नेपालले बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप (दक्षता) परियोजना अन्तर्गत कृषकहरुलाई उक्त तालिम दिने भएको हो ।

तालिममा पुनर्वास नगरपालिका -१० का २० जना कृषकहरु सहभागी रहेको र कृषि उत्पादन तथा व्यवसाय वृद्धिमा उनीहरुलाई मद्दत पुगोस् भन्ने हेतुले तालिम सञ्चालन गर्न लागिएको बताइएको छ ।

सो कार्यक्रम सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली र बझाङ्ग गरी तीन जिल्लामा सञ्चालन भइरहेको निड्स नेपालका उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशीले बताए ।
 

कमेन्ट लोड गर्नुस