बर्खे सिजनमा सुदूरपश्चिममा रसायनिक मलको अभाव नहुने
धनगढी: सुदूरपश्चिम प्र्रदेशमा बर्खे सिजनमा रसायनिक मलको अभाव नहुने दाबी गरिएको छ। यहाँ चाहिने आवश्यक मलको मौज्दात रहेकोले चैते धान, बर्खे सिजनमा मलको अभाव नहुने बताइएको हो।
गहुँ छर्ने बेलामा मलकोे अभावमा किसानहरु आकुलब्याकुल भएपनि अहिले भने त्यस्तो अवस्था नरहेकोले सहज बिक्री वितरण गरिने बताइएको छ। प्रदेशमा रसायनिक मल आपूर्ति गर्ने जिम्मेवारी पाएको कृषि सामग्री र साल्ट ट्रेडिङले किसानहण्रुलाई कृषि सहकारी मार्फत मलको विक्री वितरण हुुँदैआएको छ।
हाल यहाँ चाहिने आवश्यक मल भण्डारण समेत भएपछि थप आपुर्तिका लागि समेत तयारी अवस्थामै रहेको बताइएको छ।
सुदूरपश्चिम प्रदेशभर मागको ७० प्रतिशत मल आपुर्ति गर्ने जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडले गहुँ छर्ने समयमा मागअनुसार आपूर्ति गर्न नसकेपनि हाल १ हजार ७ सय मेट्रिक टन डीएपी मल मौज्दात राखेको छ। कृषि सामग्रीसँग झण्डै ५–५ सय मेट्रिक टन यूरिया र पोटास छ। त्यो मल अब कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा लगाइने चैते धानका लागि पर्याप्त हुने कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नवलसिंह बोगटीको दाबी छ। उनले धान खेतीका लागि समेत मलको अभाव नहुने बताए।
साल्ट ट्रेडिङ कर्पोरेशनले धनगढीको गोदाममा एक हजार ८८ मेट्रिक टन यूरिया, ८ सय ३२ मेट्रिक टन डीएपी र १ सय १६ मेट्रिक टन यूुरिया मौज्दात रहेको बताएको छ। प्रदेशभर कुल मागको ३० प्रतिशत आपूूर्ति गर्दै आएको साल्ट ट्रेडिङको महेन्द्रनगर शाखामा समेत ४ सय ९९ मेट्रिक टन यूरिया, डीयपी र पोटास मौज्दात राखेकोसाल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले बताए।
कैलालीको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिकालगायतका क्षेत्रमा चैते धान रोपिदै आएको छ भने कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी, बेल्डाडी, लालझाडीमा पनि किसानहरु चैते धान खेति गर्दै आएका छन्। दुवै जिल्लामा वर्षेनि औषतमा ५ सय हेक्टर क्षेत्रफलमा चैते धान खेति गरिदै आएको प्रदेशको कृषि मन्त्रालयले जनाएको छ। तर कुनै वर्ष भने १ हजार हेक्टर क्षेत्रफलमा खेती हुदै आएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।
अनुदानको रसायनिक मल साल्ट टे«डिङ र कृषि सामग्रीले सहकारीमार्फत किसानलाई वितरण गर्दै आएका छन्। तर माग अनुसार मल आपूर्ति नहुने समस्याका कारण सधै किसानहरुले सास्ती खेप्नुपर्ने बाध्यता कायमै रहेको छ।