तोलामा ४०० ले बढ्यो सुनको मूल्य
काठमाडौँ: स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ४०० ले उकालो लागेको छ। चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।
फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो। यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार १५० मा कारोवार हुनेछ। शुक्रबार तेजाबी सुन तोलामा ८५ हजार ७५० मा कारोवार भएको थियो।
चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी तोलामा रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।