चौलानी नदीमा युवकको शव भेटियो
धनगढीः बैतडीको चौलानी नदीमा एक युवकको शव फेला परेको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–६ मा चौलानी नदीमा आइतबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार नदीमा भेटिएको शवको सानाखत भएको छ। सो शव दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सेजालीका ३५ वर्षीय रमेश कार्कीको रहेको पुष्टि भएको हो।
कार्की शुक्रबार शिवरात्री मेला हेर्न गोकुलेश्वर गएका थिए। घर नफर्केपछि आफन्तले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए।
उनको मृत्यु के–कति कारणले भएको हो भन्ने कुरा खुलेको छैन।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।