दार्चुलामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
दार्चुला: दार्चुलामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ६ गणेँतमा ट्याक्टरबाट खसेर लेकम गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय अशोक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले बताए।
गोकुलेश्वरबाट रिठाचौँपाता गइरहेकाे सुप्रप्र ०१००२ त ४८३५ नम्बरको ट्याक्टरबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी चन्दले बताए।
ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।