धनगढीमा एलिनाज लाउन्ज बार एण्ड रेष्टुरेण्टले सेवा सुरु
धनगढीमा एलिनाज लाउन्ज बार एण्ड रेष्टुरेण्टले सेवा सुरु गरेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ विशालनगरका प्रेमबहादुर बुढाले १ करोड १० लाखको लगानीमा बार सञ्चालन गरेका हुन्।
२ लाख वार्षिक तिर्ने गरी १ कट्ठा जमिन भाडामा लिएर रेष्टुरेन्टका लागि १ करोड १० लाख लगानीमा संरचना निर्माण गरी सञ्चालनमा ल्याएएको छ। शुक्रबार एक कार्यक्रमको बीच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरेका हुन्। ७ वर्ष साउदी अरबमा बसेका उनले विदेशमा सिकेको सीप नेपालमा प्रयोगका लागि रेष्टुरेन्ट खोलिएको बताए।
उप–महानगरपालिका वडा नम्बर २ मा स्थित एभरेष्ट बैंक पछाडि सञ्चालनमा रहेको रेष्टुरेण्टमा सुदूरपश्चिममा फरक तथा नयाँ स्वादमा फायर पिजा, थकाली सेट, विभिन्न खानाका परिकार, मःमः र बिरायनीलगायतका नयाँ स्वाद दिने सञ्चालक बुढाले बताए। काठमाण्डौमा रहेको सोल्टी होटलमा लामो समय काम गरेको कुकले तयार पारेको परिकार दिने बताइएको छ।