सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा हार्डवयेर व्यवसायी संघद्वारा आलोक मल्टी कन्सर्नलाई ३ लाख बढी सहयोग

२०७७ फाल्गुन २७, १२:२१ खबर संवाददाता

डडेल्धुरा: धनगढी उप–महानगरपालिका–४ चटकपुरस्थित रहेको आलोक मल्टी कन्सर्न उद्योगमा आगलागी भएपछि आर्थिक सहयोग गरिएको छ।  आगलागीबाट क्षति भएको आलोक मल्टी कन्सर्न प्रालिलाई डडेल्धुरा हार्डवयेर व्यवसायी संघ डडेल्धुराले आर्थिक सहयोग गरेको हो।

उद्योगमा आगलागी पश्चात केही हदसम्म सहयोग होस् भन्ने हेतुले ३ लाख २५ हजार १ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको संघका अध्यक्ष लालमणी पन्तले बताए। उनले युवा व्यवसायी भोजराज भट्ट र पदम भण्डारीलाई अरूले पनि सक्दो सहयोग गर्नुपर्ने बताए।

उद्घाटनको तयारीमा रहेको भोजराज भट्ट र पदम भण्डारीको आलोक मल्टी ट्रेड कन्सर्न उद्योगमा शनिबार एक्कासी आगलागी भएको थियो। आगलागी भएर पौने ५ करोड बढी क्षति भएको बताइएको छ। 

आगलागीबाट पूर्णरुपमा ध्वस्त भएको आलोक कन्सर्न प्रालीलाई जनस्तरबाटै आर्थिक सहयोग गर्न थालिएको छ। 

कमेन्ट लोड गर्नुस