सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ‘प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’

२०७७ फाल्गुन २६, ०२:१५ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत ‘प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सुरु भएको छ। 

विद्यालय सम्पर्क कार्यक्रम अन्तरगत यौनजन्य अपराध, साईबर अपराध, लागूऔषध लगायतका सामाजिक अपराध सम्बन्धी जानकारी दिइने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए। 

कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने उनले बताए। हालसम्म परशुराम नगरपालिका र गन्यापधुरमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न भएको छ। 

सोही क्रममा बुधबार जिल्ला सदरमुकाममा रहेको महेन्द्र माविमा उक्त कार्यक्रमा सञ्चालन भएको छ। शान्ति सुरक्षाको सन्दर्भमा समाज तथा विद्यालयको भूमिका महत्वपूर्ण रहने भएकाले कार्यक्रम गरिएको प्रहरी नायव उपरीक्षक नेपालले बताए। ‘विद्यार्थीले सिकेका कुरा घरमा गएर सबैलाई जानकारी गराउँदा मात्रै धेरै मात्रामा अपराध घट्न सक्छ। त्यसैले नेपाल प्रहरीले यो कार्यक्रम सुरु गरेको छ’ उनले भने। 

यस्तै महेन्द्र माविका शिक्षक किशोर बमले विद्यार्थीलाई अपराध न्यूनिकरणका बारेमा जानकारी दिनु प्रशंसनीय कार्य भएको बताएका छन्। 

उक्त कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।


    
कमेन्ट लोड गर्नुस