सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एमआई मोबाइल मर्मतका लागि बाहिर लिनु नपर्ने

२०७७ फाल्गुन २५, ०७:४२ खबर संवाददाता

धनगढीः एमआई मोबाइल मर्मतका लागि अब बाहिर लिनु नपर्ने भएको छ।

धनगढीमा ग्लोबल टेक्नोलोजी लिडरले सोमवार नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएकाले बाहिर जानु नपर्ने भएको बताइएको छ। पुरानो भन्सार रोडमा अवस्थित लक्ष्मी कम्प्लेक्सको भवनमा सर्भिस सेन्टर सञ्चालनमा आएको हो।

शाओमी नेपालका मार्केटिङ मेनेजर प्रकाश सुवेदीले विगतका दिनमा एमआई मोबाइल मर्मतका लागी काठमाडौँ पठाउनु पर्ने बाध्यता रहेको बताए। त्यो बाध्यताको अन्त्य भएको उनले बताए।

सुदूरपश्चिम प्रदेश भरिका लागी सेवा सुविधा दिन धनगढीमा सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको उनले बताए। 


 

कमेन्ट लोड गर्नुस