सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको नवदुर्गामा सूचना प्रविधि केन्द्र स्थापना

२०७७ फाल्गुन २३, ०४:२० खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिकामा सूचना प्रविधि केन्द्र (टेक्नो हब) स्थापना भएको छ।

स्थानीयलाई सुसूचित पार्ने र गाउँपालिकाका हरेक गतिविधिलाई सूचना प्रविधिसँग अपडेट गराउने उद्देश्यले वडा नम्बर १ मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको हो।

सेसी नेपालको सहयोगमा स्थापना भएको सूचना प्रविधि केन्द्रमार्फत गाउँपालिकाले उपलब्ध गराउने सेवा, सूचनालगायत विषय नागरिकले घरबाटै हेर्न पाउने गाउँपालिका अध्यक्ष कवीन्द्र बिष्टले बताए। 

यसअघि सेसी नेपालको सहयोगमा गाउँपालिकाको वडा नम्बर ३ मा सूचना प्रविधि केन्द्र स्थापना भएको थियो।

सूचना प्रविधि केन्द्रबाट सूचना पाइने भएपछि स्थानीय खुसी छन्। सुरुमा सूचना पाउन गाह्रो भए पनि केन्द्र स्थापनाले सहज हुने स्थानीय कीर्तबहादुर साउदको भनाइ छ।

कमेन्ट लोड गर्नुस