सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुर नगरपालिकाद्वारा कृषक समूहलाई बीउबिजन वितरण

२०७७ फाल्गुन २१, ०८:५५ खबर संवाददाता

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिकाको एक वडामा कृषि सामाग्री वितरण गरिएको छ ।

नगरपालिकाको कृषि क्षेत्रको विकासका लागि ‘एक वडा, एक उत्पादन’ कार्यक्रम निती अन्तगर्त वडा नम्बर ६ ले त्यहाँको सयपत्री कृषक समूहलाई कृषि सामाग्री वितरण गरेको हो ।

कृषकहरुलाई कृषि व्यवसाय मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले टङ्की २० पिस, हजारी १० पिस, ५० किलो पोलिथिन पाइप, किट्नाषक विषादि, लौका, करेलालगायतका बीउबिजनका साथै कृषि सामाग्री वितरण गरिएको बताइएको छ।

‘एक वडा, एक उत्पादन’ कार्यक्रम निती अन्तर्गत नगरपालिकाका १, २, ३, ६, ७ र ८ नम्बर वडालाई तरकारी खेती, ४ र ५ लाई केराखेती र वडा नम्बर ९ लाई च्याउखेतीका लागि छनोट गरिएको जनाइएको छ ।

कमेन्ट लोड गर्नुस