बाजुरामा १ लाख २५ हजार फलफूलका बिरुवा रोपियो
बाजुरा: बाजुरा बाजुरामा यस वर्ष मात्रै १ लाख २५ हजार फलफुलका बिरुवा रोपिएका छन्।
गत वर्ष झै यो वर्षपनि सरकारी अनुदान र किसानको लागतमा १ लाख २५ हजार बिरुवा रोप्ने काम भइरहको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशीले बताए।
बाजुरालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्रले २०७७ साललाई फलफूल रोपण वर्ष घोषणा गरि विरुवा रोप्ने अभियान अनुरुप ५ सय हेक्टर क्षेत्रफलमा फलफूलको क्षेत्र विस्तार भएको सूचना अधिकारी जैशीले बताए।
यस वर्ष जिल्लामा बिजु ओखर १९ हजार ५०, कलमी ओखर ९ सय, टर्किबाट ल्याइएको च्यान्दलर जातको १ वर्षमै फल्ने ओखर २१ हजार २ सय ५० बोट रेपिएको छ भने १ वर्षमै फल्ने फुजि र गाला जातको स्याउ ४ हजार ८ सय, अन्य जातका स्याउ ६५ हजार ५ सय, किवी ३ हजार र नास्पाती/आरु/आरुवखडा ५ सय विरुवा गरि जम्मा १ लाख १५ हजार फलफूल विरुवा रोपिएको हो।
यस्तै १० हजार जंगली मेलका बोटलाई कलमी गरि नास्पाती बनाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ।