सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ३ महिने छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन १८, ०६:३१ खबर संवाददाता

बैतडी: बैतडीमा आफ्नै छोराको हत्याको आरोपमा बुवा पक्राउ परेका छन्। 

जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ खनाडी बस्ने ४० वर्षीय राजबहादुर चन्दलाई ३ महिने छोराको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो।

छोरा लक्ष्मण चन्दको हत्या गरेको आरोपमा मंगलबार दिउँसो राजबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नारायणप्रशाद अधिकारीले बताए। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस