६९ किसानलाई अनुदानमा कृषि उपकरण
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्रले कैलालीका ६९ जना किसानलाई मंगलबार कृषि यन्त्र वितरण गरेको छ।
मुख्यमन्त्री एकीकृत कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत ज्ञान केन्द्रले २० जनालाई पावर टिलर, १६ जनालाई पम्पसेट र ३३ जनालाई कृषि मोटर दिएको हो।
कैलारी गाउँपालिका–७ का किसानलाई ५० प्रतिशत अनुदानमा पावरटिलर, पम्पसेट, कृषि मोटर वितरण गरिएको सो वडाका वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।
बसन्तामा आयोजित एक कार्यक्रमकाबीच भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी र गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले किसानलाई कृषि यन्त्र हस्तान्तरण गरेका थिए।