सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि घट्यो पहेँलो धातुको मूल्य

२०७७ फाल्गुन १८, १२:२१ रासस

काठमाडौँ: स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ। अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन एक हजार ७०० ले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोमबार छापवाल सुन तोलामा  ८८ हजार ७०० मा कारोवार भएको थियो। 

यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५० मा कारोवार भएको थियो। 

यसैगरी चाँदी आज तोलामा ४० ले घटेको छ। सोमबार एक हजार ३३० मा कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

कमेन्ट लोड गर्नुस