सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाइरल ज्वरोको प्रकोपपछि अछामको एक विद्यालय ५ दिनका लागि बन्द

फोटो: बान्नीगढीटुडे
फोटो: बान्नीगढीटुडे
२०७७ फाल्गुन १७, ०४:११ खबर संवाददाता

अछाम: भाइरल ज्वरोको प्रकोपपछि अछामको एक विद्यालयमा ५ दिनका लागि विदा दिइएको छ। 

जिल्लाको मंगलसेन नगरपालिका–११ जुपु वलडाडामा रहेको कालीका माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा भाइरल ज्वरोको लक्षण देखिएपछि पठनपाठन फागुन २१ गतेसम्मका लागि बन्द गरिएको हो। 

करिब १ हप्तादेखि शिक्षक र विद्यार्थीमा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने तथा टाउको दुख्न लक्षण देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक कर्णबहादुर शाहले बताए। 

विभिन्न लक्षण देखिएपछि स्वास्थ्य टोली पठाएर ४८ जना शिक्षक र विद्यार्थीको आरडीटी जाँच, कोभिडका लागि एन्टीजेन परीक्षण तथा मलेरिया परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको मंगलसेन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मानबहादुर सोडारीले बताए। 

उनले सबैमा भाइरल ज्वरोको लक्षण देखिएको पुष्टि समेत भएको बताए। 

कमेन्ट लोड गर्नुस