सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नया गाउँपालिका १ का अध्यक्ष चन्दलाई पितृशोक

२०७७ फाल्गुन १७, १२:१७ खबर संवाददाता

धनगढी: बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष एवं धनगढी नेत्रालयका सञ्चालक गजेन्द्र चन्दका बुवा दानी चन्दको ८६ वर्षको उमेरमा निधन भएको छ। 

उनको सोमबार बिहान धनगढी ५ तारानगरस्थित निवासमा निधन भएको हो।  

सुर्नया गाउँपालिका वडा नम्बर १ गुर्केली घर भएका चन्द धनगढीको तारानगरमा बस्दै आएका थिए।  

स्वर्गीय चन्दको आजै महाकाली आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ।

कमेन्ट लोड गर्नुस