सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको मंगलसेनमा सडकबत्ती जडान

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन १७, ११:३० खबर संवाददाता

धनगढी: अछामको मंगलसेन नगरपालिकामा सडकबत्ती जडान गरिएको छ ।

नगरपालिकाको वडा नम्बर ६ स्थित हरिनगर बजार ठुलासैनको ८ स्थानमा सडकबत्ती जडान गरिएको हो ।

नगरपालिकाका अनुसार रातिको समयमा हुने चोरी, डकैती, झैझगडा जस्ता अवाञ्छनीय गतिविधिहरु नियन्त्रणमा सहयोग पुगोस् भन्ने द्येयका साथ सडकबत्ती जडान गरिएको हो । 

सडकबत्ती जडान गरिएसंगै सर्वसाधारणलाई रातिको समयमा आवतजावत गर्न समेत सहज हुने विश्वास व्यक्त गरिएको छ ।सडकबत्ती नगरपालिकाको २१ लाख लागतमा जडान गरिएको बताइएको छ ।

कमेन्ट लोड गर्नुस