डडेल्धुरामा बालिकामाथि विद्यालयमै बलात्कारः आरोपित शिक्षकमाथि म्याद थप गरेर अनुसन्धान हुँदै
धनगढीः डडेल्धुरामा १० वर्षीया बालिकामाथि विद्यालयमै बलात्कार गरेको आरोपमा पक्राउ परेका शिक्षकमाथि अनुसन्धान अघि बढाइएको छ।
जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ को भुवनेश्वरी माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका शिक्षक देवीलाल भट्टमाथि अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालका अनुसार सुरुमा थपिएको म्याद सकिन लागेकाले पुनः अदालतबाट म्याद थप्ने तयारी भइरहेका छ।