सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ११२ जनामा कोरोना भाइरसको संक्रमण

२०७७ फाल्गुन १३, ०४:४७ खबर संवाददाता

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा ११२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सोही अवधिमा ८४ संक्रमित कोरोनामुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या एक हजार ५५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ। जसमध्ये दुई लाख ७० हजार २२३  जना कोरोनामुक्त भएका छन्। 

मन्त्रालयको तथ्यांकअनुसार दुई हजार ७६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

मन्त्रालयको तथ्यांक फरक परेपछि हाल मन्त्रालयले मृतकको संख्या अद्यावधिक गरिरहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए। 

अद्यावधिक तथ्यांकअनुसार बुधबार ६१८ जना मृतकको संख्या थपिएको थियो भने बिहीबार (आज) ८४ जना मृतक थपिएका छन्।
 

कमेन्ट लोड गर्नुस