सुदूरपश्चिमकै पहिलो उपसचिव स्तरकाे महिला सहायक सीडिओ
धनगढी: किरण जोशी सुदूरपश्चिमकै पहिलो उपसचिव स्तरको महिला सहायक प्रमुख जिल्ला अधिकारी(सहायक सीडीओ) बन्न सफल भएकी छिन्।
बैतडीकी जोशी सुदूरपश्चिमबाट खुलाप्रतिस्पर्धाबाट उप सचिवपदमा पास हुने पहिलो महिला भएको दावी गरिएको छ।
गृह मन्त्रालयले जोशीलाई डोटी जिल्लाको सहायक सीडिओका रुपमा पदस्थापना गरेपछि उनी सोमबार डोटी जिल्ला प्रशासन कार्यालयमा हाजिर भएकी छिन्।
यसअघि उनी रोल्पा जिल्लाको निर्वाचन कार्यालयको निर्वाचन अधिकारीका रुपमा कार्यरत थिइन।