सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथी हत्या प्रकरणः अभियुक्तमाथि अनुसन्धान गर्न म्याद थपिदै

२०७७ फाल्गुन १०, ०९:०० खबर संवाददाता

धनगढीः बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्तमाथि अनुसन्धान गर्न म्यान थप गरिने भएको छ। 

हत्या अभियोगमा पक्राउ परेका भागरथीका भाइ नाता पर्ने किशोर दिनेश भट्टमाथि अनुसन्धान गर्न अदालतले दिएको ५ दिनको म्याद आइतबार सकिएसँगै सोमबार थप गरिन लागेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले भट्टमाथिको अनुसन्धान नसकिएकाले सोमबार अदालतबाट म्याद थप गरिने बताए। अभियुक्त किशोर नाबालक भएकाले २१ दिनभित्र अनुसन्धान सकेर प्रहरीले उनलाई अदालतमा पेश गर्नुपर्ने व्यवस्था छ।  

गत माघ २१ गते दोगडाकेदार गाउँपालिकाको स्थानीय सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी भागरथी बलात्कारपछि हत्या गरेको अवस्थामा लबलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन्। 

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले गत फागुन ४ गते भट्टलाई पक्राउ गरेको थियो।

पक्राउ परेका उनले प्रहरीलाई दिएको बयानमा आफूले हत्या गरेको स्वीकार गरेका छन भने सरकारी वकिल कार्यालयले लिएको बयानमा बलात्कारपछि आफैले गरेको स्वीकारेको प्रहरीले बताएको छ। 

भागरथीको बलात्कारपछि हत्या भएको १७ औँ दिन फागुन ७ गते महाकाली नदीको शेरा आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस