सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कांग्रेस नेता साउँद, महर र नेतृ सङ्ग्रौला सहभागी सभामा आक्रमण

२०७७ फाल्गुन ४, ०५:०९ खबर संवाददाता

बैतडी: बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन्।

जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका हुन।

उक्त समूहले ढुंगामुढा गर्दा नेपाली कांग्रेसका नेता एनपी साउँदको पेटमा ढुंगा लागेको डिलासैनी गाउँपालिका कार्यसमिति सचिव बिरबहादुर बिष्टले बताए।

उक्त सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नैनसिंंह महरलगायतको सहभागीता रहेको थियो। 

आक्रमणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहानमा परी ६ जना घाइते भएका छन्।

अहिले घटनास्थल तनावग्रस्त बनेको छ। झडपपछि उक्त स्थलमा प्रहरीको टोली पुगेको छ। 

प्रहरी टोलीले झडप रोक्ने प्रयास गरिरहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस