सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथीको हत्याको विरोधमा काठमाडौँमा बक्सिङ कला प्रदर्शन

२०७७ फाल्गुन ३, ०२:४७ खबर संवाददाता

धनगढी: बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको विरोधमा काठमाडौँमा बक्सिङ कला प्रदर्शन गरिएको छ । 

राष्ट्रिय बक्सिङ खेलाडीहरुले काठमाडौंको बसन्तपुरमा भागरथी मात्र नभई बलात्कारको सिकार हुन पुगेका भागरथी लगायतहरुका लागि विरोध जनाउँदै बक्सिङ कला प्रदर्शन गरेका हुन् ।

महिला बक्सरहरुको सहभागितामा महिलाहरु कमजोर छैनन् र हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश दिनका लागि प्रदर्शन गरिएको बताइएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका -७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको सोमबार १३ दिन पुगिसकेको छ । 

कमेन्ट लोड गर्नुस