सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउन डायरीः तिम्री प्रेमिका र मेरो अफेयर !

२०७७ फाल्गुन २, ०७:२५ आशिष मल्ल

आशिष मल्ल
म मायामा अर्ध घाइते भएको मान्छे। लगभग ६ वर्षको मायालाई ठुुक्र्याएर उनले छाडेर गएदेखि मैलै आफुलाई सम्हाल्न थालेको थौरै भएको थियो। 

बल्लतल्ल मैलै आफुलाई फेरि पुनर्जीवित बनाएर कार्यरत क्षेत्र बदल्ने सोचेर तिम्रो शहर प्रवेश गरेको थिए। आएको केही समयमै मेरी उनको बिहे भएको खबर पाए। टुुक्रिएको मुुटुका चोक्टामा नुनखुुर्सानी दल्ने त्यो खबर। यसपटक पहिलेको जस्तो केही गरिन। म फेरि उही घाइते छट्पटाएको सर्प बन्न चाहान्नथे।  

फेसबुुक खोलेर उसकी साथी (जो मलाई राम्रो भिनाजु भनेर बोलाउने गर्थी) सँग उनको बिहेको फोटो मगाएर फेसबुकमा शुुभकामना दिए। थुप्रै राम्रा कमेन्ट आए। म प्रति धेरैले सहानुुभुति जगाए। तर त्यसले के हुुन्थ्यो। जब जानेले माया मारेर गइसकेपछि। 
छाडौं, ती कुराहरु तिमीलाई फेरि कहिले भनौंला। आज केवल तिम्री प्रेमिकाका बारेमा बात गरौं। 

उनको बिहेपछि मैले कहिलै बिहे नगर्ने निधो गरिसकेको थिए। यो प्राणले एकपल्ट माया गरेको थियो, त्यसैले यो प्राण उनैको नाममा कुुर्बान गर्ने सोचेर माया भन्ने चिजको ख्याल आउन दिएन। 

यतिबेलासम्म तिम्री प्रेमिका मसँग फेसबुुकमा आवद्ध भइसकेकी थिइन।। कामको शिलशिलामा केही कुराहरु गर्ने मौका मिलेको थियो। उसले काम गर्ने अस्पतालसँग सम्बन्धित केही कुराहरु मैले बेला–बेलामा सोध्ने गर्थे। 

एक पटक तिम्री प्रेमिकाकी सहकर्मीले आत्महत्या गरेको खबरबारे मैले सोधेको याद छ। उनले पनि राम्रै प्रतिक्रिया जनाएकी थिइन्। त्यसपछि हाम्रो कुराकानी दैनिकजसो हुुन थालेको थियो। फोन नम्बर पनि साँटासाँट भइसकेको थियो। हुँदा–हुँदा होली आयो म केही कामले घर जानुुपर्ने थियो।

चैत १४ गते मैले उसलाई प्रेम प्रस्ताव राखे तिम्री प्रेमिकाले सहजै त्यसलाई स्वीकार गरिन्। अनि के थियो र। हामी अझ नजिक हुन थाल्यौं।  एक दिन भेट्ने कुरा भयो। 

म घर गए फर्किदा मैले आलुुबखडा ल्याएको थिए, जुन मैले आफ्नो फेसबुुकको स्टोरीमा राखेको थिए। त्यही कुरा देखेर उसले ‘मलाई दिसिने हो’ भनेर म्यासेजमा सोधेकी थिइ। 

कति मिठो उनको सम्मान गरेर बोल्ने तरिका। यस्तो मीठो आदर देखेर जो कोही पनि लठ्ठ हुनु स्वभाविक हो।

‘त्यो त सक्यो नी अब मगाइदिन्छु है’ भनेर मैले रिप्लाई गरेको थिए। 

उसले ‘हस्’ भनी। केही दिनमा मेरो साथी आयो उसले आलुबखडा ल्याइदिएका थियो। 

त्यो लगेर म तिम्री प्रेमिकाको कोठा बाहिर गएर फोन लगाए। तर फोन उठेन। धेरैपछि उसकी दिदीकी छोरीले उठाई, र दिदी बाथरुम जानु भएको छ भनेर फोन काटी। मलाई रिस उठ्यो। निराश भएर म फर्के। 

केहीबेरमा उसको फोन आयो। मलाई रिस उठेको थियो। मैले कुराहरु सुनाइदिए। उसले बहिनीले उठायो भनेर माफि मागी। कुरा ठूलो थिएन। मैले उसलाई सहजै माफ गरे।

फेरि हाम्रो कुरा हुनथाल्यो। त्यही दौरानमा उसले तिम्रो बारेमा भनेकी थिइ। तिमीसँग ब्रेकअप भएको १ महिना भएको रहेछ। उसलाई तिमी अरु केटीसँग बोलेको मन नपरेर रिसाएकी रहेछ। 

हाम्रो निरन्तर कुरा भइरहने भएकाले उसले तिमीहरुबीचको ५ वर्षे मायाको बारेमा सबै भनेकी थिइ। मैले पनि आफ्नो ६ वर्षे लबस्टोरी सेयर गरेको थिए। त्यो सुनेर उसले भन्ने गर्थी, ‘त्यस्ताका बारेमा सोचेर के गर्नुहुन्छ। कस्ती स्वार्थी केटी। सबै केटी उस्तै हुुँदैनन्। हजुर एउटी राम्री केटी खोजेर बिहे गर्नु अब।’

मेरि भुुपु मायालु पनि स्टाफ नर्स भएकाले होला तिम्री प्रेमिकाले उसलाई पहिलेबाट चिन्दोरहेछ। मेरो र उसको सम्बन्धको बारेमा राम्रोसँग पनि थाहा रहेछ। त्यहीबाट होला तिम्री प्रेमिका मेरो फेसबुकमा साथी भएकी। 

कुराकानी अघि बढ्दा हामी कहिले एकअर्कालाई मन पराउन थाल्यौं थाहा भएन। त्यही बेला सुरु भयो कोरोनाका कारण लकडाउन। तिमीलाई उसले फोन र फेसबुकबाट ब्लक गरेकाले उसलाई तिमी लकडाउनकै कारण भेटेर सम्झाउन सकेका थिएनौ। र तिम्रो घर टाढा भएकाले तिमी यहाँ आउन सम्भव थिएन।

चैत १४ गते मैले उसलाई प्रेम प्रस्ताव राखे तिम्री प्रेमिकाले सहजै त्यसलाई स्वीकार गरिन्। अनि के थियो र। हामी अझ नजिक हुन थाल्यांै।  एक दिन भेट्ने कुरा भयो। 

म साँझतिर उसको कोठा नजिकै रोडमा भेट्न गए। मुखमा निलो मास्क, कालो जिनको पाइन्ट र हातमा कालो ब्याग बाकेर ऊ आइ। 

हामी हिँडेरै त्यही बाटोको २ फन्को मार्यौं। हिँँड्दा हिड्दै भइरहने उसका स्पर्सले मेरो जिउ सिरिङ नै बनाएको थियो। छुट्टिने बेला अँगालो हालेर मास्कसहित माया गरेको मलाई आजसम्म याद छ। तिमीलाई अचम्म लाग्नसक्छ ‘माया त्यति छिटो ?’ भनेर। मैले अघि भनीसके हामीबीच सबैकुरा साटासाट भइसकेको थियो। त्यसैले त्यो सामान्य थियो। 

त्यो दिनपछि हामी त्यसरी नै धेरै पटक भेट्यौै। मेरो घाइते मुटुको घाउ भरिन लागिसकेको थियो। मैले बिहे नगर्ने निर्णयलाई बिस्तारै भुलिरहेको थिए। 

त्यो दिनपछि हामी त्यसरी नै धेरै पटक भेट्यौै। मेरो घाइते मुटुको घाउ भरिन लागिसकेको थियो। मैले बिहे नगर्ने निर्णयलाई बिस्तारै भुलिरहेको थिए। 

अब मलाई उसैसँग जीवन कटाउनु थियो र उसलाई पनि। 

एकदिन त उसले ‘अब मलाई भेट्दा सिन्दुर लिएर आइस्यो है मलाई लगाइदिस्यो’ सम्म भनेकी थिइ। तर त्यो दिनबाट भेट हुनै समस्या भएको थियो। कहिले मेरो अफिसको समय नहुने भने कहिले उसको डिउटी नमिल्ने। 

तर हामी फोनमा भने अति नै कुरा गथ्र्यौ। कहिले त बिहानको ३ सम्म बज्थ्यो। उसको स्वर राम्रो भएकाले मलाई गीत सुनाएर मनमोहक पार्ने गर्थी। केही कुराको कमी थिएन उसमा।

मलाई उसले आफ्नो घरको सबै कुरा भन्ने हुँदा मैले उसलाई माग्न जाने विचार गरेको थिए। तर उसले अहिले बिहे गर्दिन भनेकाले मैले आफ्नै त हो बिहे गरिहालौंला भनेर सोचेको थिए। 

म डराउँथे। कतै तिम्री प्रेमिकासँग पनि पहिलेको जस्तै बिछोड त हुने हैन भनेर। त्यसैले म बीचबीचमा भन्ने गर्थे ‘तिमी मलाई नछाड्नु है’। उसले मायालु स्वरमा भन्ने गर्थी ‘काँ छाड्छु बाबा हजुरलाई।’

दिनहरु बित्दै गए। हामी दिनको धेरैजसो समय कुरा गथ्र्यौ। लकडाउन ३ महिनापछि खुल्यो। सरकारले असार २६ गतेदेखि छोटो दुरीको यातायात  सञ्चालन गर्ने भनेर निर्णय गरिसकेको थियो। 

त्यसपछि एक दिन उनको फोन उठेन। मेसेज गरे, त्यो पनि सिन भएन। उनी अफलाइन थिइन्। अचम्मको कुरा आजसम्म त्यस्तो भएको थिएन। बल्लतल्ल अबेर साँझ उनले फोन उठाइन्। 

मैलै सोधे ‘अघिबाट कता गएकी थियौं। फोन पनि उठाएनौं ?’

उनले ‘यतै’ भनेर सामान्य उत्तर दिइन्। 

धेरै पटक सोधेपछि उनले वास्तविक कुरा खोलिन्। 

त्यो दिन तिमी आफ्नो आन्टीलाई ल्याएर उनलाई भेट्न उनको कोठा पुगेका रहेछौ। उनलाई तिमी र तिम्रो आन्टी मिलेर धेरै सम्झाएका रहेछौ। 

मैले सोधे ‘के भयो र फेरि ?’ मेरो मनमा खुल्दुली भएको थियो।

मैले तिम्री प्रेमिकाको ख्याल जो राखेको थिए। उनलाई खुशी राखेको पुरस्कार पीडा हो र ? विछोड हो र ?

‘केही होइन उनीहरुले धेरै सम्झाए। यति वर्षको प्रेममा सानोतिनो झगडा भइहाल्छ मिल भने। मैले पनि सोेचेर हुन्छ भनीदिए’ उनको जवाफ आयो। 

ममाथि आकाश खस्यो। म १० तले घरबाट खसेको काँचको गिलास जस्तो बजारिए। 

‘अनि म’ प्रश्न आउनुु स्वभाविक थियो। 

‘म के गर्थे त्यति लामो लभ हाम्रो म उसलाई कसरी धोका दिन्थे’ तिम्री प्रेमिको सहज उत्तर आयो। 

त्यो दिन तिम्रो ५ वर्षको मायाले यो ३ महिनाको प्रेमलाई जित्यो। तर मलाई तिमीले आजसम्म धन्यवाद भनेका छैनौ। 

मैले तिम्री प्रेमिकाको ख्याल जो राखेको थिए। उनलाई खुशी राखेको पुरस्कार पीडा हो र ? विछोड हो र ?

अनि के। फेरि त्यही टुटेको मुटु। फेरि त्यही फाटेको मन सिउँदै बिहे नगर्ने संकल्प लिएर म फेरि दिन कटाउँदै छु। 

तर तिम्री प्रेमिकाले मसँग कुरा गर्न छाडेकी भने छैन है ! उसले अस्तिसम्म पनि ‘म हजुरलाई माया गर्छु’ भनेर भनी राख्थी। हामीबीच माया साटासाट र उठबस् भइरहन्थ्यो। 

अस्ति भर्खर ‘तिम्रो बोइफ्रेन्डसँग भेट हुन्छन् कि नाइँ’ भनेर सोध्दा। उसले ‘हुन्छ नी तर अब भ्यालेन्टाइनको दिन धनगढी भेट्न आउँदैछ’ भनेर भनेकी थिइ। र हिजो उसले मलाई अब हजुरलाई माया गर्दैन भनेर भनीसकी। मैले पनि फेसबुकबाट ब्लक गरिसके।

अब म साइड लागिसके। तिमीहरु खुशी रहनु। तर तिम्ले ख्याल नराखेका कारण म जस्तै अर्को एक दिलजले नजन्मियोस्।

सायद आज तिमीहरुको भेट हुन्छ होला। 

दुवै जनालाई ह्याप्पी भ्यालेन्टाइन डे...
 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस