धनगढीमा खुल्यो ४० लाख लगानीमा लिटिल डोर क्याफे
धनगढी : कैलालीको धनगढीमा ४० लाखको लगानीमा लिटिल डोर क्याफे सञ्चालनमा आएका छ।
धनगढी उप–महानगरपालिकाको पार्क मोडमा सुदूरपश्चिम प्रदेश सभा अगाडि लिटिल क्याफे सञ्चालनमा आएको हो।
धनगढीकै युवा धर्म श्रीमाल र रोहित भण्डारीले संयुक्त रुपमा शुक्रबारदेखि सो क्याफे सञ्चालनमा ल्याएका हुन्।
क्याफेको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा सुन्दर सुदूरपश्चिमका अथियान्ता गोपाल हमालले गरेका हुन्।
शुक्रबारदेखि संञ्चालनमा आएको क्याफेमा आमग्राहकहरुले फरक स्वाद चाख्न पाउने संञ्चालक श्रीमालले बताए।