धनगढी आइरहेका कार्यालय सहयोगी मृत भेटिए
धनगढीः बैतडीमा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको सिगास गाउँपालिका–८ मा रहेको शिबलिङ स्वास्थ्य चौकीमा कार्यरत ४५ वर्षीय रामसिंह ऐर शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
सिगास गाउँपालिका–७ घर भएका ऐर ज्याब्लाधारको भीरबाट खसेको अवस्थामा मृत फेला परेको वडा नम्बर ८ का वडाध्यक्ष कर्णसिंह ऐरीले दिनेशखबरलाई बताए।
माघ २७ गते घरबाट स्वास्थ्य जाने क्रममा धनगढी बसाइसराइ गर्न जाने भनेर हिँडेका ऐर सम्र्पकविहीन भएपछि खोजी कार्य सुरु गरिएकोमा भीरमा मृत फेला परेको उनले बताए।
अहिले इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली घटनास्थलतर्फ हिँडेकाले शव परीक्षणपछि मात्र बाँकी कुरा खुल्ने वडाध्यक्ष ऐरीले बताए।
कैलालीको घोडाघोडी नगरपालिकाको सुख्खडमा जग्गा खरिद गरेका ऐर बसाइसराइ गर्न धनगढी आइरहेका थिए।