प्रेस युनियन डोटीद्वारा पत्रकारको दुर्घटना बिमा
२०७७ माघ ३०, ०१:५७
डोटीः नेपाल प्रेस युनियन डोटीले संगठनमा आबद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरेको छ।
प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले संगठनमा आवद्ध भएर विभिन्न सञ्चार माध्यममा काम गरिरहेका ७० जना पत्रकारको दुर्घटना तथा जोखिम बिमा गरेको बताए।
उनकाअनुसार एशियन लाईफ इन्स्योरेन्स दिपायलले एक लाख बराबरको बिमा गरेको हो। यसअघि पनि प्रेस युनियनले ९२ पत्रकारको कोराना बिमा गरेको थियो।
कमेन्ट लोड गर्नुस