थप १३४ मा कोरोना पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ५६७ जनाको स्वास्थ्य परीक्षण गर्दा ६३ महिला र ७१ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ। आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ३४९ पुगेको छ। त्यस्तै पछिल्लो समय थप ११८ निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६८ हजार ५४९ रहेको छ।
अहिले देशभर एक हजार ७५३ सक्रिय सङ्क्रमित छन्। उनीहरुमध्ये ८८ जना क्वारेन्टिनमा रहेका छन्। एक हजार ७५३ जना आइसोलेशनमा, ७२ जना आइसियुमा र १६ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालमा २१ लाख चार हजार ६२६ को पिसिआर परीक्षण भएको छ। हालसम्म कोरोनाबाट दुई हजार ४७ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ।